ई-स्टपमा दिगो डाँफे गाडीलाई ३ महिनासम्म दैनिक एकतर्फी चार्ज नि:शुल्क

  २०८१ असोज १ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपालको ई-मोबिलिटी क्षेत्रमा अग्रणी रहेको दिगो ग्रुपअन्तर्गत ई-स्टपले दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेकाे छ । ई-स्टपले असोज महिनादेखि मंसिर महिनासम्म (तीन महिना) दिगो डाँफेको ग्राहकलाई दैनिक एकतर्फी नि:शुल्क चार्जिङ सेवा प्रदान गर्ने घोषणा गरेको हाे ।

अफर रामटार, मुल्कोट र कुरीन्टारमा फैलिएका ई-स्टपमा उपलब्ध हुने कम्पनीले

अफर दिगो डाँफेको ग्राहकहरूका लागि मात्रै लागू हुनेछ । अफर अवधि तीन महिनासम्म रहेकाले माैकाकाे फाइदा उठाउन कम्पनीले आग्रह गरेकाे छ ।

दिगाे नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हाे ।

दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्रीवितरण र सेवा प्रदान गर्दै आएको छ ।

गाडी बिक्रीमा मात्र नभएर, दिगोको ईकोसिस्टमअन्तर्गत चार्जरको बिक्रीवितरण र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ । साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ ।

दिगो ई-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्रजस्ता सुविधाहरू पनि उपलब्ध छन्।

याे पनि पढ्नूहाेस् : दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा, नेपालकै पहिलो ब्याट्री अनुसन्धान केन्द्र पनि समावेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.