देउवा भन्छन्- प्रदेश संरचना हटाउनसक्ने अवस्था छैन

  २०८१ असोज १ गते १८:३४     विकासन्युज

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् ।

प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन् ।

पार्टीको कानुन विभागले मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए ।

प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्योअनुरूप यसमा सुधार गर्नुपर्ने उनकाे भनाइ थियो ।

उ‍नले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए ।

महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको सभापति देउवाले बताए ।

उनले कांग्रेस एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरू कुनैपनि हालतमा प्रजातन्त्रको खिलापमा हुनै नसक्ने पनि दोहोर्‍याए ।

सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महसुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.