२५ प्रतिशत नगद लाभांश बाँड्ने सिद्धार्थको घोषणा, असोज १८ गते साधारण सभा हुँदै

  २०८१ असोज २ गते ९:०१     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले असोज १८ गते दिउँसो साढे ३ बजे नारायणचौर नक्साल काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक समितिको निर्वाचन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.