इटहरीमा सुरु भयो बिजुली बस सेवा, अपांगता भएका व्यक्तिलाई सहज

  २०८१ असोज २ गते ११:४०     विकासन्युज

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरूप सेवा प्रारम्भ भएको हो ।

नगर क्षेत्रमा  बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ तोकिएको छ ।

गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपांगता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.