सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल

  २०८१ असोज २ गते १६:१९     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा पुगेका छन् । सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा पुगेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै सेयर बजार निरन्तर उकालो लाग्दै २ हजार बिन्दुबाट ३ हजार पुगेको थियो । कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति लगानीकर्ता पनि उत्साहित भएका थिए । सरकार गठनपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको थियो भने ३० अर्ब रुपैयाँ बराबरको कारोबा भएको थियो ।

तर, भदौदेखि निरन्तर अ‍ोरालो लाग्दै ३ हजार बिन्दुबाट पुरानै बिन्दुमा पुग्न थालेपछि मन्त्री पौडेलले चासो दिँदै नेप्सेको कार्यालयमा पुगेका हन् ।

उनी राजश्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालसहित पुगेका थिए ।

किन ३ हजार बिन्दु्बाट २५ सयको बिन्दुमा झरेको भनेर अर्थमन्त्री पौडेलले नेप्सेका कर्मचारीलाई प्रश्न गरेका थिए । यसको उचित जवाफ नपाएसम्म प्रश्न गरिरहने उनले बताए ।

नेप्से परिसूचकसँगै कारोबरा रकममा पनि गिरावट आएपछि उनले जिज्ञासा राखेका थिए । ३० अर्बको कारोबार भएको नेप्सेमा २५ अर्ब रकम कहाँ गयो भनेरसमेत प्रश्न गरेका थिए । साउन महिनामा सर्वाधिक कारोबार भएकोमा भदौ लागेपछि निरन्तर गिरावट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.