‘बैंकको ऋण तिर्नु हुँदैन’ भन्ने प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

  २०८१ असोज २ गते १७:१८     विकासन्युज

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ गर्न अनुमति दिएको हो ।

प्रसाईंले चरित्र हत्या गरेको भन्दै प्रहरी साइबर ब्युरोमा उजुरी परेको थियो । साेही उजुरीकाे आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाे हाे ।

प्रसाईंसहित २ युट्युबरविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाे छ । बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे ।

उनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.