यी हुन् सबैभन्दा धेरै विमानस्थल भएका देश, अमेरिकामा मात्रै १५ हजार बढी

  २०८१ असोज ३ गते १३:४०     विकासन्युज

काठमाडौं । के तपाईंलाई थाहा छ, संसारमा सबैभन्दा बढी विमानस्थल भएको देश कुन हो ? उत्तर हो- अमेरिका । अमेरिकाको क्षेत्रफल भारतको भन्दा तीन गुणा ठूलो छ तर त्यहाँको विमानस्थलको संख्या भारतको भन्दा ५० गुणा बढी छ ।

सीआईए वर्ल्ड फ्याक्टबुकका अनुसार अमेरिकामा १५ हजार ८ सय ७३ विमानस्थल छन् । भारत र चीन विमानस्थल संख्याका आधारमा शीर्ष १० मा परेका छैनन् । अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै विमानस्थल छन् । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देशमा ४ हजार ९ सय १९ विमानस्थलहरू छन् ।

यो सूचीमा अष्ट्रेलिया तेस्रो स्थानमा छ, जहाँ कुल २ हजार १ सय ८० विमानस्थल छन् । मेक्सिकोमा विमानस्थलको संख्या १ हजार ४ सय ८५ छ र क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश क्यानडामा १ हजार ४ सय २५ विमानस्थल छ ।

बेलायतकोमा १ हजार ४३ विमानस्थल छन् । क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो देश रुसमा ९०४ विमानस्थल छन् । त्यस्तै, युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा विमानस्थलको संख्या ८ सय ३८ छ । लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टिनामा विमानस्थलको संख्या ७ सय ५६ रहेको छ । युरोपेली देश फ्रान्समा ६ सय ८९ विमानस्थल छन् ।

दक्षिण अमेरिकी देश कोलम्बियामा ६ सय ६२, इटालीमा ६ सय ३६, दक्षिण अफ्रिकामा ५ सय ७५, पपुवा न्युगिनीमा ५ सय ३५, चीनमा ५ सय ३१, इन्डोनेसियामा ५ सय १३, भेनेजुएलामा ५ सय २, चीलीमा ३ सय ७४, केन्यामा ३ सय ७० र स्पेनमा ३ सय ६३ वटा विमानस्थल छन् ।

यी सबै देशमा विमानस्थलको संख्या भारतभन्दा बढी छ । भारतमा ३ सय ११ विमानस्थल छन् । भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१४ मा त्यहाँ सञ्चालित विमानस्थलको संख्या ७४ रहेकोमा अहिले बढेर १ सय ५७ पुगेको छ । सरकारले सन् २०४७ सम्ममा यो संख्या ३५०-४०० पुर्‍याउने लक्ष्य राखेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.