कोरियन १ सय बराबर १०.१० रुपैयाँ, डलरको मूल्य घट्दा युरो र पाउण्डको बढ्यो

  २०८१ असोज ४ गते ६:५५     विकासन्युज

काठमाडौं । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३.६० रुपैयाँ र बिक्रीदर १३४.२० रुपैयाँ कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम थियो ।

युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४९.०७ रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ कामय भएको छ भने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कामय भएकामा आज एकको खरिदर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.६५ रुपैयाँ र बिक्रीदर १५८.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.१५ रुपैयाँ र बिक्रीदर ९१.५६ रुपैयाँ निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८.५७ रुपैयाँ र बिक्रीदर ९९.०१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.३९ रुपैयाँ र बिक्रीदर १०३.८६ रुपैयाँ कायम भएको छ ।

जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६० रुपैयाँ र बिक्रीदर ३५.७६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ कायम भएको छ । थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ कायम छ । साथै युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१६ रुपैयाँ र बिक्रीदर १३.२२ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९९ रुपैयाँ र बिक्रीदर २०.०८ रुपैयाँ छ ।

हङ्कङ डलर एकको खरिददर १७.१४ रुपैयाँ र बिक्रीदर १७.२२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९५ रुपैयाँ र बिक्रीदर ४३९.९१ रुपैयाँ छ भने बहराइन दिनार एकको खरिददर ३५४.४९ रुपैयाँ र बिक्रीदर ३५६.०८ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.