२०८१ असोज ४ गते ७:१७ विकासन्युज
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६ गतेसम्म १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।
कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.