फुडमाण्डुको ‘बडा धमाका’ योजना सार्वजनिक, ५० प्रतिशतसम्म छुट

  २०८१ असोज ४ गते १२:२२     विकासन्युज

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले विजयादशमीको अवसरमा ‘बडा धमाका’ योजना सार्वजनिक गरेकाे छ ।

‍बडा धमाका याेजनाअन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् ।

फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्ने जानकारी दिइन् ।

ग्राहकले परिवार र साथीभाइसँग फुडमाण्डुको एप वा वेबसाइटबाट दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने फुडमान्डुले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.