इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारमा सत्यता छैन : एनसेल

  २०८१ असोज ४ गते १२:४८     विकासन्युज

काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार कपाेलकल्पति भएकाे जनाएकाे छ ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेकाे छ ।

एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको एनसेलले जनाएकाे छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णयमात्र गर्ने विज्ञप्तिमा उल्लेख छ ।

साथै एनसेलले आफूसम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन पनि सम्पूर्ण सञ्चारकामाध्यमलाई अनुरोध गरेकाे छ ।

केही सञ्चारमाध्यममा एनसेलले क्लासिक टेककाे सेयर खरिद गरेकाे समाचार प्रकाशित भएकाे थियाे । साेही विषयलाई लिएर एनसेलले स्पष्टिकरण दिएकाे हाे ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.