घरजग्गा कारोबारबाट भदौमा उठ्यो पौने ४ अर्ब राजस्व

  २०८१ असोज ४ गते १३:१०     विकासन्युज

काठमाडौं । घरजग्गाको कारोबारबाट भदौमा पौने ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार यो एक महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ । ३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी भएको छ भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएको जनाइएको छ ।

भदौमा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ ।

यी हुन् धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय

विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलबाट संकलन भएको छ । उक्त मालपोतबाट ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, मालपोत कार्यलय डिल्लीबजारबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन हुँदा मालपोत कार्यालय, भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, मालपोत कार्यालय, चावहिलबाट २२ करोड ४२ लाख ७७ हजार, मालपोत कार्यालय, कलंकीबाट २२ करोड २७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, मालपोत कार्यालय, सिमराबाट १७ करोड ३२ लाख ५६ हजार, मालपोत कार्यालय, कास्कीबाट १४ करोड ६९ लाख ८५ हजार, मालपोत कार्यालय, चितवनबाट ११ करोड ७२ लाख ६३ हजार, मालपोत कार्यालय, मनमैजुबाट ९ करोड ५३ लाख ९५ हजार र मालपोत कार्यालय, इनरुवाबाट ९ करोड २१ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.