गोरखा मिडियाले गर्‍यो यी ६ सहकारीको साढे २ अर्ब अपचलन

  २०८१ असोज ४ गते १६:१४     विकासन्युज

काठमाडौं । रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्क प्रालिले नियमविपरीत सहकारीको साढे २ अर्ब रुपैयाँ अपचलन गरेको भेटिएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोरखा मिडियाले सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ ।

गोर्खा मिडियाको संस्थापक सेयरधनी गितेन्द्रबाबु राई र छबिलाल जोशी हुन् भनेपछि रवि लामिछाने पनि सेयरधनीका रूपमा प्रवेश गरेका थिए । विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र आफन्तको नाममा प्रचलित सहकारी कानूनविपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाई अपचलन भएको समितिको ठहर छ ।

साढे २ अर्ब रुपैयाँमध्ये ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियाको खातमा जम्मा भएको देखिन्छ । उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएका देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाई गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको देखिन्छ ।

उक्त रकममध्ये १२ करोड रुपैयाँ कम्पनीको सेयर पुँजीवापत जम्मा भएको र बाँकी ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । साथै सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ ऋण लिई कम्पनीलाई २० लाख रुपैयाँ मात्रै प्रवाह भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.