चीनमा हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालीले प्रतिनिधित्व गर्ने

  २०८१ असोज ४ गते १६:४८     विकासन्युज

काठमाडौं । चीनमा हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालीले प्रतिनिधित्व गर्ने भएका छन् । सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको आयोजकले बताएको छ । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्दछ । कडा प्रतिस्पर्धा र मुल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् ।

उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ।

काठमाडौं । सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो ।

जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्दछ । कडा प्रतिस्पर्धा र मूल्याकंन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.