भृकुटीमण्डपमा दशैंलक्षित जुत्ताचप्पल मेला, २ सयदेखि १० हजारसम्म मूल्य

  २०८१ असोज ४ गते १८:२५     विकासन्युज

काठमाडौं । दशैंलाई केन्द्रित गर्दै भृकुटीमण्डपमा जुत्तामेला मेला सुरु भएको छ । असोज १ गतेदेखि सञ्चालन भएको मेला असोज २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

जुत्ताचप्पल मेलामा ११ वटा कम्पनीका ३० भन्दा बढी ब्राण्ड रहेका छन् । मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट रहेको व्यवसाहरू बताउँछन् ।

व्यवसायी सबिन कार्कीले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टीसमेत रहने जानकारी दिए । उनका अनुसार मेलामा न्यूनतम २ सय रुपैयाँको चप्पलदेखि १० हजारसम्मको जुत्ताहरू पनि उपलब्ध छन् ।

उनले नेपाली ब्राण्डका जुत्ताचप्पललाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गरिएको बताए । ‘आयातितभन्दा स्वदेशी प्रडक्ट प्रयोग गराउन र प्रोत्साहन गर्न मेला आयोजना गरेका हौं । यसले देशको अर्थतन्त्रमा पनि सहयोग गर्छ,’ कार्कीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.