१ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अघि बढिसक्यो : अर्थमन्त्री

  २०८१ असोज ४ गते १८:४१     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटले व्यवस्था गरेअनुसार १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका हुन् ।

उनले नवीन सोंच विकास गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले जोड दिनुपर्ने बताउँदै आर्थिक विकासका लागि बचत प्रोत्साहित र कर्जा लगानीमा प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘वित्तीय प्रणालीमा जनविश्वास हुन्छ । कुनै कारण बैंक तथा वित्तीय संस्थामा समस्या आयो भने निक्षेप तथा कर्जा सुरक्षण कोषले भूमिका खेल्नुपर्छ । अर्थतन्त्रमा आउने उतारचढावलाई न्यूनीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले भूमिका निर्वाह गर्नुपर्छ,’ ‍ अर्थमन्त्री पाैडेलले भने ।

यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थिरताका लागि मनोबल अब्बल हुनुपर्ने धारणा राखे ।

‘नेपालको अर्थतन्त्रमा कर्जा निक्षेप सुरक्षणको महत्त्वपूर्ण योगदान छ, बैंकमा कथम कदाचित समस्या आयो भने कोषले हस्तक्षेप गर्नुपर्छ । कुनै समस्या आएको बेला हस्तक्षेप गर्न कानुनी व्यवस्था संशोधन हुनुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.