हिमालय उर्जाको साढे १४ लाख कित्ता १ सय रुपैयाँमै जोकोहीले किन्न पाउने

  २०८१ असोज ६ गते ७:४१     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीको सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज १४ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.