राष्ट्र बैंकको जागिरका लागि आवेदन दिएका १२४२ जनाको विवरण गलत

  २०८१ असोज ६ गते ८:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १ हजारर २४२ जना आवेदकको कागजात अपुग रहेको जनाएको छ । अनलाईनमार्फत् दरखास्त फाराम भरेका आवेदकहरूको अपुग कागजात पेश गर्ने तथा विवरण असोज १० गतेभित्र सच्याउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

विवरण गलत हुनेमा सहायक निर्देशक पदका ३३५ जना, सहायक प्रशासन पदका ६६३ जना र सहायक सूचना प्रविधि पदका २२४ जना रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ ।

राष्ट्र बैंकले गत साउन ३२ गतेसहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ गरी कुल ५२ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.