दुबईको प्रसिद्ध अल हरमेन परफ्युम अब नेपालमै

  २०८१ असोज ६ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ ।

काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरे ।

नेपालका परफ्युम पारखीहरूलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ ।

युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ ।

कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् ।

अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ ।

इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिश्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्शियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ ।

इना सेन्टरले पाँचवटा विशेष शोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.