पोखरामा ४ दिने योगा महोत्सवको आयोजना हुने

  २०८१ असोज ६ गते १८:०८     विकासन्युज

काठमाडौं । होटल संघ नेपाल सुन्दरनगरी पोखरामा चार दिने याेगा महाेत्सवकाे आयोजना गर्ने भएकाे छ । होटल संघले अक्टोबर १६ देखि १९ सम्म महोत्सव आयोजना गर्न लागेकाे हाे ।

महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन लागेकाे हाे । उक्त महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुन लागेकाे हाे ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरूको जमघट हुने होटल संघले जनाएकाे छ ।

यसैगरी, महोत्सवमा ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुनेछ ।

साथै यस कार्यक्रमले मुलुकको दिगो पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए ।

कार्यक्रममा सहभागिता जनाउन नेपालीका लागि दिनको ३ हजार रुपैयाँ र विदेशीका लागि ६,५०० रुपैयाँ बुझाउनुपर्नेछ ।

संघले महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरेकाे जनाएकाे छ ।

कार्यक्रमका बारेमा विस्तृत जानकारीका लागि www.nepalyogafestival.com तथा ९८५११५८३८४ मा सम्पर्क गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.