म निर्धक्क छैन, यो सरकारले जे पनि गर्न सक्छ : रवि लामिछाने

  २०८१ असोज ६ गते २२:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू यो सरकारसँग निर्धक्क भएर हिड्न सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार राति पार्टी कार्यालयबाट बोल्दै उनले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको धारणा राखेका हुन् ।

उनले जनताको जनप्रतिनिधिलाई सरकारले तर्साएर आफ्नो दम्भ देखाउन खोजेको बताए । उनले आफूमाथि गम्भीर सडयन्त्र भइरहेको बताएका छन् ।

जनताको जनप्रतिनिधिप्रति यो किसिमको मिडिया ट्रायल नगर्न उनको आग्रह छ ।

‘यो सरकार अधिनायकवादतर्फ जाँदै गएको संकेत देखियो, सरकारको नियत रवि लामिछानेलाई जेल हाल्ने र रास्वपालाई सिध्याउने देखियो, अब यो अवस्थामा जुन किसिमले पनि अगाडि बढ्नु पर्ने देखियो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.