सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ६० हजार नजिक

  २०८१ असोज ७ गते १०:४२     विकासन्युज

काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४ सय रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले नै बढेर आज १ लाख ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.