हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा

  २०८१ असोज ७ गते १३:३६     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ ।

कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर असोज ७ देखि १४ गतेसम्म लिलाम गर्न लागेको हो ।

कम्पनीकाअनुसार यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनुपर्ने छ ।

सबै भन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । त्यसपछि पनि सेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । यहि प्रक्रिया अनुसार सेयर बाँकि नरहेसम्म सेयर बाँडफाँड हुनेछ ।

लिलामीको सेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम भने पुरै सेयरको लागि आवेदन दिन सकिने छ । काठमाडौं भित्र नबिल इन्भेष्टमेन्टको नक्सालस्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ ।

काठमाडौं बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.