दशैंतिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट

  २०८१ असोज ७ गते १५:१७     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर भारी छुटकाे योजना सार्वजनिक गरेकाे छ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिन लागिएकाे हाे ।

देशभरि रहेका सबैस्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान हुने भएकाे हाे । छुट योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहनेछ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी, किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ ।

रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी, अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ ।

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा पनि भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।

जिरा मसिनो स्टिम चामल २ हजार २० रुपैयाँमा पाइनेछ । त्यसैगरी, प्रिमियम सोना मनसुली २५ केजीको बोरा १ हजार ६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ ।

लङग्रेन चामल २० केजीको ३ हजार २२५ रुपैयाँमा पाइने भएकाे छ ।

त्यसैगरी, मुसरको दाल प्रति केजी १४८ रुपैयाँ, मासको दाल प्रति केजी २१३, रहरको दाल प्रति केजी २८८ रुपैयाँ, मुँगको दाल प्रति केजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ ।

तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

डीडीसीको घ्यू प्रति केजीमा रु.८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति केजी १०२ रुपैयाँ र चिया प्रति केजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

त्यसैगरी, निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ ।

दसैं, तिहार र छठ जस्ता महान्पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.