कनेक्ट आइपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा आकर्षक क्यासब्याक

  २०८१ असोज ७ गते १५:४१     विकासन्युज

काठमाडौं । दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आइपीएसले नयाँ याेजना सार्वजनिक गरेकाे छ ।

कनेक्ट आइपीएसले ‘शुभलाभ अफर’ सार्वजनिक गरेकाे हाे ।

कनेक्ट आइपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिने छ ।

क्यासब्याक अफर बुद्ध एयर प्रालि, श्री एयरलाइन्स प्रालि, यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले0 १०१ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

त्यस्तै, श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा ५०१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा वाइटीसीआईपीएस प्रोमो कोड प्रयोग गरेर २५० रुपैयाँ एयरलाइन्सको छुटसँगै २५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

त्यस्तै, बस सेवाबाट टिकट काटेर कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ । अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरूका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो ।

यसकाे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् जसबाट ग्राहकहरूले वेबमार्फत प्रति कारोबार रु २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.