सिटिजन्स बैंकको लाभांश घोषणा, यस्तो छ इतिहास

  २०८१ असोज ७ गते १५:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारितिपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।

विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले सर्वसाधारणलाई आईपीओ जारी गर्नेदेखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका बैंकले जनाएको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत हुन आउने बैंकको दाबी छ ।

यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ५.७९ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कुल १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५.८ प्रतिशत बोनस र ०.८३ प्रतिशत नगद गरि कुल १६.६३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १३ प्रतिशत बोनस र ५.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ८.४२ प्रतिशत नगद र आर्थिक वर्ष २०६७/६८ मा ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.