युरोपका गरिब देशहरू भारतभन्दा धेरै धनी, कति छ प्रतिव्यक्ति आय ?

  २०८१ असोज ७ गते १८:५८     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र भारतको हो । तर, प्रतिव्यक्ति आयको हिसाबले भारत अझै धेरै देशभन्दा पछाडि छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका अनुसार मोल्डोभा युरोपको सबैभन्दा गरिब देश हो । तर, यस देशको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै छ । भारतमा प्रतिव्यक्ति आय २ हजार ७ सय डलर छ भने मोल्डोभामा ४ हजार ५ सय डलर छ ।

मोल्डोभापछि युक्रेन युरोपको सबैभन्दा गरीब देश हो । यस युद्धग्रस्त देशको प्रतिव्यक्ति आय पनि ४ हजार ५ सय डलर छ । भारतको प्रतिव्यक्ति आय सन् २०२९ सम्म ४ हजार २ सय ८१ पुग्ने अनुमान गरिएको छ ।

कोसोभो युरोपका गरिब देशहरूको सूचीमा तेस्रो स्थानमा छ । यस देशको प्रतिव्यक्ति आय ४ हजार ७ सय डलर छ । आर्मेनियामा यो ५ हजार ३ सय डलर र अल्बानियामा ५ हजार ५ सय डलर छ। यस्तै, उत्तरी म्यासेडोनियामा प्रतिव्यक्ति आय ६ हजार १ सय डलर, जर्जियामा ६ हजार २ सय डलर, बोस्निया–हर्जेगोभिनामा ६ हजार ३ सय डलर छ ।

यसैगरी, सर्बियामा ७ हजार ५ सय डलर, मोन्टेनेग्रोमा ८ हजार डलर, बेलारुसमा ८ हजार ३ सय डलर, अजरबैजानमा ८ हजार ५ सय डलर र बुल्गेरियामा ९ हजार ७ सय डलर छ । रोमानिया, टर्की, रुस, ग्रीस, हंगेरी, क्रोएसिया, पोर्चुगल र स्लोभाकियामा प्रतिव्यक्ति आय १० हजार डलरदेखि २० हजार डलरको बीचमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.