२०८१ असोज ८ गते ६:५४ विकासन्युज
काठमाडौं । अधिकाशं विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलरसहित केही देशको विदेशी मुद्राको मूल्य घटेको हो । तर, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य भने बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०३ रुपैयाँ र बिक्रीदर १५७.७४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०९ रुपैयाँ र बिक्रीदर ९१.५० रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.४५ रुपैयाँ र बिक्रीदर ९८.९० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३० रुपैयाँ र बिक्रीदर १०३.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७४ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९७ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०५ रुपैयाँ र बिक्रीदर १३.११ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१३ रुपैयाँ र बिक्रीदर १७.२१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.१९ रुपैयाँ र बिक्रीदर ४३९.१५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५३.९५ रुपैयाँ र बिक्रीदर ३५५.५४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.