एनआईसीले बाँड्यो ६१ करोड रुपैयाँ लाभांश, सिधैं इकाईधनीको बैंक खातामा जम्मा

  २०८१ असोज ८ गते ७:१७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ६१ करोड रुपैयाँ बढी लाभांश बाँड्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलका सेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५ लाख रुपैयाँभन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको जनाएको छ ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाबाट गत वर्षको नाफाबाट इकाईधनीहरूलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ प्रतिफल वितरण गर्न सफल भएको हो । जसमध्ये एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार रुपैयाँ, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गरेको हो ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल असोज ९ गतेदेखि इकाईधनीको खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ । तर, अन्य फण्डको प्रतिफल भने बैंक खातामा असोज ४ गतेदेखि जम्मा गरिसकेको कम्पनीले बताएको छ । साथै क्यापिटलले गत वर्ष ५२.५३ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.