गरिमा विकास बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

  २०८१ असोज ८ गते ७:३१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३३ हजार २८७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकले बिक्रीमा राखेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयरमा सर्वसाधारणले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै १ लाख ८ हजार १३० कित्ता सेयरमा भने बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.