१ लाख बढी कित्ता सेयर बेच्दै कुमारी बैंक

  २०८१ असोज ८ गते ७:५७     विकासन्युज

Kumari bank head office

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.