फोरजी प्रविधि विकास गर्ने ६ मुलुकमा भारत

  २०८१ असोज ८ गते ९:०४     विकासन्युज

काठमाडौं । केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका ६ मुलुकमध्ये भारत एक बनेको बताएका छन् । मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो १ सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थिये, साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ,’ उनले भने ।

उनका अनुसार आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी ६ मुलुकमध्ये भारत एक रहेको र त्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ ।

पछिल्लो १ सय दिनमा ७ हजार २५८ टावर खडा गरी सञ्चालनमा ल्याएको उनले बताए । ९ हजार ५६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेको उनको भनाइ छ ।

अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.