लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, मर्ज पनि गर्ने

  २०८१ असोज ८ गते १०:४३     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । लघुवित्तको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा असोज २९ गते बिहान ९ बजे धनकुटामा बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै कुनै उपयुक्त संस्था आएमा मर्ज गर्ने गरी प्रस्ताव, संचालकको बैठक भत्ता वृद्धि र बोनस सेयरपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही अनुसार नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.