रु रु जलविद्युतले किन्यो सुम्निमा हाइड्रोको ५१ प्रतिशत सेयर

  २०८१ असोज ८ गते ११:१०     विकासन्युज

काठमाडौं । रु रु जलविद्युत परियोजनाले नयाँ आयोजनामा लगानी गरेको छ । रु रु जलविद्युतले आफ्नो बहुमत सेयर स्वामित्व हुने गरी सुम्निमा हाइड्रोपावर कम्पनीमा लगानी गरेको अध्यक्ष आशिष सुवेदीले जानकारी दिए ।

कम्पनीको अन्य जलविद्युत कम्पनीहरूको सेयरमा लगानी गर्ने नीतिअनरूप नयाँ कम्पनीका लगानी गरेको उनको भनाइ छ । कम्पनीकोे सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले सो निर्णय गरेको उनले बताए ।

भोजपुरको विकास तथा निर्माणका लागि रु रु जलविद्युत परियोजनाको ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रोको सेयरमा लगानी गर्ने निर्णय गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

सुम्निमा हाइड्रो पावर कम्पनीले अपर पिखुवा खोला जलविद्युत आयोजना ४.९ मेगावाट र पिखुवा पशुपति जलविद्युत आयोजना ४.१ मेगावाट निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.