सूर्यदर्शन सहकारीकाे छानिबन गर्न सीआईबी पोखरा जाने

  २०८१ असोज ८ गते १३:५३     विकासन्युज

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा उपमहानगरपालिका–५ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीबारे थप अनुसन्धान गर्न पोखरा जाने भएकाे छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा उपमहानगरपालिका–५ मा रहेको छ । उक्त सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।

जिल्ला अदालत कास्कीले जाेशीमाथि सहकारी ठगीका विषयमा थप अनुसन्धान गर्न ५ दिनको समय दिएको छ ।

यसभन्दा अगाडि पनि सूर्यदर्शन बचत तथा ऋण सहकारीमाथि सीआईबीले अनुसन्धान गरेकाे थियाे । तर, अनुसन्धान राम्राेसँग अगाडि बढ्न पाएकाे थिएन । अहिले दाेस्राे चरणकाे अनुसन्धान हुन थालेकाे हाे ।

सहकारी रकम अपचलनसम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रवि लामिछाने, छवि जाेशी र जीबी राईलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

तीनै जनाले विभिन्न सहकारीबाट गाेर्खा मिडियामा पैसा ल्याएकाे बताइएकाे छ । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.