जेटियूसीसीको माग- श्रमिकहरूको सामाजिक सुरक्षामा लाग्ने कर हटाइयोस्

  २०८१ असोज ८ गते १९:१०     विकासन्युज

काठमाडौं । श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् ।

नेपालका १० वटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियूसीसी) का अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रूपमा यसको समाधान खोज्नुपर्नेमा जाेड दिए । उनले श्रमिकहरू कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताए ।

अध्यक्ष कुँवरले भने, ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्‍याे । सामाजिक सुरक्षामा पनि करहरू लागिरहेको अवस्था छ । प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यहाँ करहरू लागेको अवस्था छ । दोहोरो करको कुरा पनि आइरहेको छ । अवकाश कोषमा पनि करको कुरा आइरहेको छ । एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौं । एकमुस्ट रूपमा राखेको उपदान कोषहरूलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ ’

उनले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.