एनएमबि बैंकले गर्यो पलेशा गोबर्धनलाई सम्मान

  २०८१ असोज ८ गते १९:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेकाे हाे । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियाे ।

पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरेकाे हाे ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.