सुपर मादी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने

  २०८१ असोज ९ गते ७:२०     विकासन्युज

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले ताप्लेजुङमा निर्माणाधिन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न नाफा, कर्जा र हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार गरी कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.