नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

  २०८१ असोज ९ गते ८:३७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो ।

कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्ष भन्दामाथि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा २५ प्रतिशत र ५ वर्ष भन्दामाथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ । कम्पनीका अनुसार एकपटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभरी पुनः छुट दिइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.