सिद्धार्थले सिधैं जम्मा गर्याे इकाईधनीको बैंक खातामा लाभांश

  २०८१ असोज ९ गते ८:५०     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश आईपीएस मार्फत् जम्मा गरेको हो । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ ।

गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ फण्डले ७ प्रतिशत लाभांश वितरण गरेको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.