आईएमई लाइफले ल्यायो ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’, यस्ता छन् विशेषता

  २०८१ असोज ९ गते १०:४६     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सल‍े ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ ।

अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

१८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेशागत व्यक्ति, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने व्यवस्था कम्पनीले गरेको छ ।

साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिनेछ ।

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.