२०८१ असोज ९ गते ११:०९ विकासन्युज
काठमाडौं । सुनचाँदीको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलाको ७ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ एक लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।
यस्तै, आज तेजावी सुन पनि ताेलाको ७ सयले नै बढेर एक लाख ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलको ४० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.