गुडलाइफले ल्यायो विश्वको पहिलो ‘कफी चेविङ्गम’

  २०८१ असोज ९ गते १३:१२     विकासन्युज

काठमाडौं । कफीप्रेमीहरूका लागि अब कफीशप धाइरहन पर्दैन । कपको आवश्यकता बिना कफीको चाहना अब गुडलाइफले पूरा गर्ने भएकाे छ । गुडलाइफले कफी चेविङ्गम बजारमा ल्याएकाे छ । कम्पनीका अनुसार याे विश्वको पहिलो चेविङ्गम हाे ।

वास्तविक तरल कफी भएको ‘कफी गम’ क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि सान्दर्भिक हुने गुडलाइफले जनाएकाे छ ।

कफी गमकाे मूल्य केवल २.५ रुपैयाँ हो।

ग्राहकले दुई जार कफी गम किन्दा एक नि:शुल्क कप प्राप्त गर्नेछन् । प्रत्येक जारमा १५० वटा गम समावेश राखिएकाे छ ।

कफी गम २० सेप्टेम्बरदेखि बजारमा उपलब्ध भइसकेकाे कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.