सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानी गर्दा ७ सयसम्मको क्यासब्याक

  २०८१ असोज ९ गते १६:१०     विकासन्युज

काठमाडौं । सिटी वालेटले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष योजना घोषणा गरेकाे छ ।  सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याकसम्बन्धी विभिन्न स्किम घोषणा गरेको हो ।

५ हजारभन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा सिटी पे प्रोमोकोड प्रयोग गरी २ सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटान्स भुक्तानीमा पहिलो १८ ग्राहकलाई ५०० रुपैयाँ बराबरको बोनस गरी कुल ७  रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै दशैंतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ ।

सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा  फ्लाइट २०० प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले चाडबाडको समयमा ग्राहकहरूका लागि आकर्षक अफरहरू राखेकाे बताए ।

सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.