आरविवि म्युचुअल फण्डको लाभांश सिधै बैंक खातामा जम्मा

  २०८१ असोज ९ गते १८:११     विकासन्युज

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले म्युचुअल फण्डका इकाईधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन भइरहेका आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले इकाईधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गरेको हो ।

यी दुई म्युचुअल फण्डको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । दुईवटै योजनाले इकाईधनीलाई असोज ८ गतेबाट इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा आईपीएस मार्फत् लाभांश जम्मा गरेको हो ।

लाभांश जम्मा गर्दा नियमअनुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ । आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत र र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत इकाईधनीहरूलाई लाभांश वितरण गरेको हो ।

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.