बेनेलीको दशैंलक्षित योजना सार्वजनिक, बाइक खरिद गर्दा १ लाखसम्मको छुट

  २०८१ असोज ९ गते १८:२२     विकासन्युज

काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दशैंतिहारको उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ ।

कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नबराज घिमिरेका अनुसार ‘चढौं बेनेली, बाँडौं खुसी योजना’मा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

याेजनाअनुसार बेनेली स्कूटर १२५ सिसी २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८० एस ३ लाख ३० हजारमा किन्न सकिनेछ । ग्राहकहरूले १२ हजार रुपैयाँमा बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन् ।

साथै पुरानो बाइक एक्सचेन्ज गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनुका साथै सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारीसाधनहरू पनि बिक्री गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.