एनएमबि बैंकले गर्‍यो दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

  २०८१ असोज ९ गते १८:३८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग सम्झाैता गरेको हाे ।

अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता भएकाे हाे ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा बिस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आवद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ ।

नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.