माछापुच्छ्रे बैंकबाट बाहिरिए डीसीईओ थापा, एक दशक काम गरेको संस्थामा फर्किए

  २०८१ असोज ९ गते २०:२०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जुकुमार थापा बैंकबाट बाहिरिएका छन् । एक साताअघि मात्रै थापाले माछापुच्छ्रे बैंक छाडेका हुन् ।

बैंकिङ क्षेत्रमा साढे दुई दशक अनुभव भएका बैंकर थापा चार वर्षअघि अर्थात् २०७८ फागुनमा बैंकको डीसीईओ बनेका थिए । उनी स्वेच्छिक अवकास सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् ।

शंकरदेव क्याम्पसबाट २०५६ सालमा स्नातकोत्तर गरेका थापाले बैंकिङ करिअर भने साविक बैंक अफ काठमाण्डूबाट गरेका थिए । २०५७ सालबाट बैंकिङ करिअर सुरु गरेका थापा त्यसको चार वर्षपछि माछापुच्छ्रे बैंक गएका थिए ।

उनले त्यतिबला पनि माछापुच्छ्रे बैंक छोडेर सानिमा बैंकमा प्रवेश गरेका थिए । करिब एक दशक सानिमा बैंकमा काम गरेर उनी २०७० सालमा फेरि माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका फर्किएका थिए । उनले यो अवधिमा माछापुच्छ्रेमा डीसीईओसम्म बढुवा भएर काम गरे ।

माछापुच्छ्रेमा काम गरेको १२ वर्षपछि उनी पुनः सानिमा बैंकमा प्रवेश गरेका हुन् । उनले सानिमा बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा काम थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.