‘सरकारले थुनामुक्त गरे एक वर्षभित्रै बचत फिर्ता गर्न सक्छु, सम्पत्ति सञ्चालकको नाममा छ’

  २०८१ असोज १० गते १०:५७     विकासन्युज

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले सरकारले थुनामुक्त गरेकोमा आफूले एक वर्षभित्र बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँग बयान दिँदै उनले सरकारले आफूलाई थुनामुक्त गरेमा एक वर्षभित्र बचतकर्ताको बचत फिर्ता गर्न सक्ने बताएका हुन् ।

उनी हाल हाल सहकारी ठगी मुद्दामा नख्खु कारागारमा थुनामामा छन् । उनले सहकारीको रकम सबै सञ्चालकहरूको नाममा रहेको पनि जानकारी दिएका छन् ।

चाैलागाईंले समितिलाई दिएकाे बयानकाे पूर्णपाठ :

आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

मेरो नाम रविन्द्र चौलागाईं हो । बाजे बालकृष्ण चौलागाईं, बुवा डिल्ली प्रसाद चौलागाईं आमा हेमाकुमारी चौलागाईं हो। मेरो परिवारमा श्रीमती पुजा खत्री र छोरा प्रान्जल चौलागाई हुनुहुन्छ । हाल महालक्ष्मी नगरपालिका वडा नं. ९ मा बस्छौ हाल में सहकारी ठगी मुद्दामा नख्खु कारागारमा थुनामा रहेको छु मेरो मोबाइल नं. ९८५११६२९३० हो ।

तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

मेरो शारीरिक तथा मानसिक अवस्था ठीक छ । सोधिएका प्रश्नको जवाफ दिन सक्छु ।

तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस्। सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

म देउराली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुँ । अन्य कुनै सहकारी संस्थामा आबद्ध रहेको छैन । देउराली बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोमा रहेको छ । कागजातहरू आवश्यक परे समितिलाई पेस गर्ने छु ।

सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गरेको छु । सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ?

सहकारी संस्था बाहेक मेरो पुजा पोल्ट्री फार्म, अन्नपूर्ण डिस्ट्रिलरी नामको लिक्वेर फ्याक्ट्री र देउराली रियल स्टेट विजनेस रहेको छ। साथै युनिलिभर नेपाल, डावर नेपाल, गोर्खा ब्रुअरी र पार्लेजी बिस्कुटको काठमाडौँ उपत्यकाको डिस्ट्रिव्युटर समेत हुँ ।

तपाईं अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

देउराली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा म, उपाध्यक्ष अस्मिता खत्री, सचिव मनोज भण्डारी, कोषाध्यक्ष मनोहर बस्नेत, सदस्यहरू आशालाल महर्जन, राजु महर्जन, सुमन महर्जन रहेका छन् । स्थापनाकालदेखि म नै अध्यक्ष रहेको छु ।

हाल उक्त संस्था सञ्चालनमा छ/छैन ? संस्था समस्यामा पर्नुको कारण के हो ?

उक्त सहकारी हालचालनमा छैन । कोभिड १९ पछि घरजग्गाको कारोबारमा आएको मन्दिका कारण सहकारीले आफ्नो नाममा भएको जग्गा बिक्री गर्न नसकेको र बजारमा तरलताको अभावको कारण बजारबाट उठ्नु पर्ने ऋण उठन नसकेर बचतकर्तालाई एकै पटक बचत रकम फिर्ता गर्न सकिएन। जसको कारण सहकारी समस्यामा परेको हो ।

सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

सहकारी स्थापना हुँदा पहिलो एक वर्ष मेरी श्रीमती पुजा खत्री उपाध्यक्ष हुनुहुन्थ्यो तत्पश्चात सञ्चालक समितिमा परिवार र नातागोताका व्यक्ति कोही हुनुहुन्न ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाई अध्यक्ष रहेको सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन थिए वा थिएनन् यदि थिए भने उक्त कुरा कानूनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति म अध्यक्ष रहेको सहकारीको संचालक समितिमा थिएनन् । म २०७९ साल मंसिरदेखि माघसम्म सुमेरु बचत तथा ऋण सहकारीसँग देउराली बहुउद्देश्यीय सहकारी संस्था एकीकरण गर्ने भनी देउरालीका सल्लाहकार कृष्णप्रसाद कंडेल अध्यक्ष र म उक्त सहकारीमा सञ्चालक समितिका सदस्यका रूपमा रहेको थिएँ । तर, पछि सुमेरुमा रहेको आर्थिक कारोबार पारदर्शी नभएको र भरत महजनका परिवारजन र आफन्तहरुको नाममा रहेको सम्पत्ति विक्री वितरण गरी प्रचतकर्ताको बचत रकम फिर्ता गरी समस्या समाधान गर्ने नियत नदेखिएकोले एकीकरणको प्रयास सफल नहुने देखिएपछी म उक्त संस्थासँग आवद्ध रहिन ।

सञ्चालकहरू कर्मचारी पनि रहेका छन् या छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ?

ऋण उपसमितिका संयोजक राजेन्द्र खत्री भक्तपुर सेवा केन्द्रको लोन म्यानेजर हुनुहुन्थ्यो । अन्य कोही चालक समितिका पदाधिकारी कर्मचारी हुनुहुन्न । यस सहकारी संस्थाको कर्मचारी विनियमावली अनुसार नै कर्मचारीहरू छनौट गर्ने गरिएको थियो ।

सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको वचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/ थियो वा थिएन ?

सहकारी संस्थाका सदस्य बाहेकका व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छैन ।

सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो या अन्य जोसुकैलाई पनि बनाउनु भएको छ थियो ?

सेयर सदस्य बनाउँदा तोकिएको कार्य बसोवास भएका व्यक्तिलाई माझ सदस्य बनाइएको थियो ।

सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेश गर्नुहोस् ।

यस सहकारीको सम्पत्ति सहकारीका सञ्चालकहरूको नाममा रहेको छ । मेरो नाममा किर्तिपुर नगरपालिका वडा नं. ३ पुष्पलाल मार्गमा चार रोपनी, झापाको शिवगंज नगरपालिका वडा नं ९ मा तिन बिगाह र ललितपुर लामाटार बडा नं ३ मा पाँच रोपनी जग्गा रहेको छ । साथै पूर्व सञ्चालक पुजा खत्रीको नाममा ललितपुर महानगरपालिका वडा नं. १५ मा साढे ६ आनामा बनेको घर ललितपुर सुनाकोठीमा २१ आना, ललितपुर धापाखेलमा आठ आना रहेको छ । भक्तपुर बोडेमा राजेन्द्र खत्रीको नाममा ९ आना जग्गामा साढे तिन तल्लाको घर, सोही स्थानमा ७ आना जग्गा, काभ्रे पाँचखालमा पोल्ट्री व्यवसायका लागि लिएको साढ़े आठ रोपनी जग्गा रहेको छ। सचिव मनोज भण्डारीको नाममा ललितपुर महानगरपालिका बडा नं. ३ मा चार रोपनी जग्गा रहेको छ। अन्य विवरण म समितिलाई पेस गर्नेछु ।

अन्तरसहकारी कारोवार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग खुलाउनुहोस् ।

अन्तरसहकारी कारोबार ललितपुर महानगरपालिका पुल्चोकको पुच्च वचत तथा ऋण सहकारी संस्था, सलितपुर हात्तीवनस्थित बिसनदेवी वचत तथा ऋण सहकारी संस्था, ललितपुर सातदोवाटोस्थित महाभगवती बहुउद्देश्यीय सहकारी संस्था लगायतका सहकारीहरूसँग गरिएको थियो ।

तपाईं सुमेरू वचत तथा ऋण सहकारी संस्थामा के कति समय सञ्चालक समितिमा रहनुभएको हो ? उक्त समयमा उक्त सहकारी संस्थाका के-कति सम्पत्ति र कर्जा व्यवस्थापन गर्नुभएको थियो ?

मेरो सहकारी र सुमेरु अचत तथा ऋण सहकारी समेत समस्यामा परिसकेपछि दुईवटा संस्था एकीकरण गरी एकीकृत कारोवार गरी समस्या समाधान गर्ने भन्ने उद्देश्यले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकहरूसँग २०७९ मंसीरमा सहमति गरियो । उक्त सहकारीसँगको सहमति अनुसार पूर्वअध्यक्ष भरत महर्जनले सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष कृष्ण प्रसाद कंडेललाई दिने भनिएको थियो तर भरत महर्जनले उक्त जिम्मेवारीहरू नदिने भनेपछी उक्त सहकारीसँगको सम्झौताबाट म पछि हटेको हुँ । उक्त समयमा सुमेरुको कर्मचारी मनिषा लामाको नाममा रहेको काठमाडौ फर्पिङको ७५ आना जग्गा १ करोड ८० लाखमा बेची उक्त रकम कृष्ण प्रसाद कंडेलको नेतृत्वमा सुमेरु वचत तथा ऋण सहकारीमा कृष्णप्रसाद कंडेलको खाता खोली रकम जम्मा गरी वचतकर्ताहरूलाई बाँडिएको थियो ।

तपाईका निजी लगानीका के कुन कम्पनीहरू रहेका छन् ? व्यावसायिक साझेदारहरूको विवरण खुलाउनु होस् ।

मेरो निजी लगानीका कम्पनीहरू पुजा माफटिङ प्रा.लि., थ्रि प्रदर्श मार्केटिङ प्रा.लि. पुजा पोल्ट्री फार्म, पुजा ट्रेडिङ एण्ड मार्केटिङ प्रा. लि. अन्नपूर्ण डिस्ट्रिलरी प्रा.लि. लगायतका लगभग १५ वटा कम्पनीहरू रहेका छन् । मेरो निजी कम्पनीहरूमा म मेरी श्रीमती पूजा खत्री र जेठान राजेन्द्र खत्री रहेका छौं ।

संस्थाको आ.व. २०७७/७८ आषाढ मसान्त सम्मको वासलातअनुसार नगद मौज्दात जम्मा रु.८ करोड ४५ लाख बराबर र बैंक मौज्दात रु. २ करोड ३ लाख रहेता पनि संस्था कसरी समस्याग्रस्त हुन पुग्यो ?

तत्कालिन समयमा “सहकारी खबर भन्ने अनलाइन मिडियाले देउराली सहकारी संस्थाले घर जग्गामा लगानी गरेको कारण डुब्दैछ छ भनी समाचार सम्प्रेषण गरेको कारण उक्त समाचार बुस्ट भएको १ दिन नबित्दै करीब २ हजार हाराहारी बचतकर्ता एकैपटक हाम्रो सहकारीमा आए स त्यसपछि हामीले तत्कालीन समयमा थोरै थोरै रकम बचतकर्तालाई दिँदै जाँदा उक्त मौज्दात रकम बचतकर्ताहरूलाई बाँडिएको थियो । तत्पश्चात सहकारी समस्यामा आएको हो ।

यस संस्थाले रु.८ करोड ४५ लाख बराबरको अधिकतम नगद रकम बैंक खातामा नराखेर बिमा समेत गरी नगदमा किन राखिएको हो ?

हाम्रो सहकारीमा बढी जसो सदस्यहरू कृषि सम्बन्धी व्यावसाय गर्ने हुँदा उक्त सदस्यहरूले बैंकिङ मार्फत नभई नगदै लिन खोज्नेहुँदा उल्लिखित रकम बिमा समेत गरी राखिएको थियो ।

संस्थासँग कूल नगद तथा बैंक मौज्दात रु. १० करोड ४८ लाख भएता पनि राष्ट्रिय सहकारी बैकबाट थप ६ करोड ४८ लाख किन र के प्रयोजनका लागि लिइएको हो ?

राष्ट्रिय सहकारी बैंकसँग लिइएको कर्जा कोभिडको समयमा लिइएको कर्जा हो । तत्कालिन समयमा पनि धेरै बचतकर्ताहरूले वचत रकम माग गरेको हुनाले एकैपटक धेरै रकम माग गर्दा रकम उपलब्ध गराउनका लागि कर्जा लिइएको थियो ।

संस्थाको कूल निक्षेप १ अर्ब ९३ करोड ३३ लाख ७३ हजार र कुल ऋण लगानी २ अर्ब २४ करोड ३१ लख ७० हजार रहेकोमा सो थप ऋण रकम लगानी गर्न कुन आय श्रोतबाट पुँजीको व्यवस्था गरी लगानी गरिएको हो ?

राष्ट्रिय सहकारी बैंकबाट ४० करोड रकम कर्जा लिइएको थियो । त्यस्तै नेफ्स्कुनबाट ५ करोड र सहकारी बहुउद्देश्यीय संघबाट ५ करोड कर्जा लिइएको थियो ।

ऋण लगानी गर्दा कति प्रतिशत व्याजदरमा गर्नु हुन्छ ? ऋण रकम २ अर्ब २४ करोड ३१ लख ७० हजारको ब्याज मात्र २१ लख ८६ हजार कसरी भएको ?

सहकारीको नियम अनुसार लिनु पर्ने ब्याज लिइएको थियो । कर्मचारीको हकमा ९ प्रतिशत र अन्य ऋणीको हकमा १६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह भएको थियो र माथि उल्लिखित ब्याज रकम कति समयको हो स्पष्ट भएन । ब्याज रकम सिस्टमले नै देखाउने हो ।

संस्थाले कूल ऋण रकमको १ प्रतिशत हुन आउने गरी २ करोड २४ लाख ३१ हजार रकमको मात्रै नोक्सानी व्यवस्था कतिको कानूनसम्मत् छ ?

ऋणीहरूले समयमा नै ऋणको किस्ता तिरिरहेको अवस्था थियो । संस्था राम्रैसँग चलिरहेको हुँ उक्त ऋण नोक्सानी व्यवस्था कानून सम्मत नै छ ।

विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ?

विद्यमान अवस्थामा मेरो अध्यक्षताको सहकारीको समस्या समाधान गर्न सक्छु मैले थुनामा रहेको अवस्थामा पनि ऋणी र बचतकर्ताहरूसँग छलफल गरी बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रयास गरिरहेको छु । हालसम्म ३५ जनाको अन्दाजी कारोबार अन्दाजी ११ करोड बराबरको हिसाबकिताबे मौखिकरूपमा मिलाए पनि सिस्टममा लोड गरी औपचारिक व्यवस्थापन गर्न पाएको छैन । थुनामा बसी रोक्का रहेका सम्पत्तिबाट बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्न सहज छैन । तसर्थ थुना बाहिर बसी सहकारीको समस्या समाधान गर्ने मौका दिएमा करिब एक वर्ष भित्र सम्पूर्ण समस्या समाधान गर्ने थिएँ । साथै सरकारले रोक्का गरेको सम्पत्ति क्रमिक रूपमा फुकुवा गरी बचतकर्तालाई उपलब्ध गराउने वातावरण सिर्जना गरिदिएमा समस्या समाधान गर्न सहज हुने थियो ।

तपाईं अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको समस्या समाधान गर्न तपाई, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैङ्गले के के गर्नु पर्ला ?

सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीलाई सरकारले कुनै निकायको मातहतमा कामा गर्ने वातावरण बनाइदिनु पर्छ । साथै सहकारीका सम्पतिहरू बैंकबाट लिलाम बिक्री गर्न रोकी सञ्चालकहरूलाई बचत रकम फिर्ता नगरुन्जेलसम्मको लागि सुरक्षाको अनुभुति गराइदिनु पर्छ । सहकारी र व्यापार व्यवसाय बन्द भएको समयदेखिको ब्याज रकम मिनाहा गरी उक्त सम्पति र व्यवसाय लिलाम गर्नबाट रोकी दिएमा समस्या समाधान गर्न सहज हुने थियो ।

देउराली बहुउद्देश्यीय सहकारीको सेन्चुरी बैंक लिसँगको कर्जा प्रवाहमा विषयमा के भएको हो ? खुलाईलेखाइदिनुहोस् ।

देउराली बहुउद्देश्यीय सहकारीले सेन्चुरी कमर्सियल बैंकसँग कुनै किसिमको कर्जा लिएको होइन । उक्त सेन्चुरी कमर्सियल बैंकमा मेरो व्यक्तिगत र मेरो अन्य कम्पनीहरुको नाममा लिइएको कर्जा हो ।

सहकारी सम्बन्धी वा कुनै फौजदारी कसुरमा थुना वा कैदमा पर्नु भएको छ वा छैन ? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ?

मिति २०६०/०६/१६ मा पक्राउ परि २०६०/०८/२२ गते देखि सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय भरमा थुनामा छु हाल उक्त मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

अन्त्यमा तपाईंको थप भन्नु केही छ ?

अन्त्यमा सहकारीको बचतकर्ताहरूको रकम समयमै फिर्ता गर्नको लागि सञ्चालकहरूलाई थुनामा राखेर मात्र हुँदैन । सञ्चालकलाई बाहिर ल्याई काम गर्ने वातावरण बनाइदिएमा सहज हुने थियो । सहकारीको सम्पत्तिबाट र ऋण रकम उठाई बचतकर्तालाई बचत रकम तिर्न समयमै सहज आतावरण बनाइ दिनु हुन र उचित कदम चालिदिन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.