सिद्धार्थ बैंकले ल्यायो दशैंमा ‘डबल रिवार्ड्स अफर’

  २०८१ असोज १० गते १९:५५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंकाे उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ ।

बैंकले ‘डबल रिवार्ड्स अफर’ ल्याएकाे हाे । यस अफर अन्तर्गत बैंकका ग्राहकहरूले असाेज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले सिद्धार्थ बैंकको कार्ड र माेबाइल बैंकिङ प्रयाेग गरी आर्जन गरेकाे पाेइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा लिएकाे छ ।

यस अफरको बारेमा थप जानकारी लिन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र र ‘सिद्धार्थ केयर’ मार्फत सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.